विशेष छक्कबहादुर राजनीतिक पृष्ठभूमि : जनमोर्चाको सांसददेखि ज्ञानेन्द्रको सहायमन्त्रीसम्म
Ujyaalo

हुम्ला, मंसिर २२ – छक्क बहादुर लामाको जन्म २०१६ साल वैशाख १२ गते हुम्लाको सिमीकोट गाउँपालिका ३ टोर्पा गाउँमा भएको हो । २०३१ साल देख नै वामराजनीतिमा लागेका लामा २०३८ सालमा नेपाल ल क्याम्पसमा इकाई सभापति हँुदै अखिल छैंटौंको केन्द्रीय सदस्य हुनुभएको थियो ।


२०४८ सालको आम निर्वाचनमा संयुक्त जनमोर्चा नेपालबाट सांसद बनेका लामा जनमोर्चाका ९ सांसद मध्ये एक हुनुहुन्थ्यो ।

संकटकालको संकटपूर्ण जीवन


लामाका दुई छोरीहरु माओवादीसँग भूमिगत भएपछि लामालाई माओवादीको आशंकामा नेपाली सेनाले धेरै दुःख दियो । महिनौं दिन सेनाको हिरासतमा विताएका लामा तारेखका छोडिएका बेला चीनमा समेत शरण लिन पुग्नुभयो । तर त्यहाँ पनि बस्न नसकेपछि फेरि हुम्लामै फर्किनुभयो ।

ज्ञानेन्द्रको शासनकालमा २ पटक सहायक मन्त्री

वाम राजनीतिमा सक्रिय लामा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिने बेला स्थानीय विकास सहायक बन्त्री र भौतिक योजना तथा यातायात मन्त्री हुनुभयो । लामालाई ज्ञानेन्द्रले नै बोलाएर २०६२ सालमा सहायक मन्त्री बनाउनुभएको थियो ।

२०६२÷०६३ को जनआन्दोलनबाट ज्ञानेन्द्रको सत्ता ढलेपछि लामा जिल्ला फर्केर फेरि वाम राजनीतिक शुरु गर्नुभयो । उहाँले २०७० सालको संविधान सभा चुनावमा तत्कालीन नेकपा माओवादीको तर्फबाट चुनाव लड्नुभयो तर आफ्नै छोरी जुवाईको साथ नपाउँदा पराजय व्यहोर्नु प¥यो ।

यसपटक पनि उहाँले वामगठबन्धनबाट चुनाव लड्ने मनसाय बनाउनुभएको थियो । तर युद्धकालमा पार्टीमा खासै योगदान नरहेको भन्दै छोरी जुवाई छिमी दोर्जी लामालाई नै टिकट दिएपछि उहाँले बागी उम्मेदवारी दिनुभएको हो ।

वाम गठबन्धनका छिमी दोर्जी लामाले भने तेस्रो मत मात्र ल्याउनुभएको छ । उहाँले २ हजार ३ मत मात्र प्राप्त गर्नुभएको छ । छक्कबहादुरले भने त्यसको चार गुणा बढी ८ हजार ४९१ ल्याएर विजयी हुनुभयो ।

Share It

Post Comments
थप विशेष