विशेष विमलेन्द्र निधिसँग मत अन्तर बढाउदै राजेन्द्र महतोे
Ujyaalo

जनकपुर, मंसिर २२ – धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टी राजपा नेपालका उम्मेद्वार राजेन्द्र महतो मतअन्तर बढाउदै अघि बढ्नु भएको छ । राजेन्द्र महतो १ हजार ३ सय ६३ मतले अघि हुनुहुन्छ ।

जनकपुरमा रहेको महेन्द्रनारायण निधि प्रतिष्ठानमा चलिरहेको मतगणनामा राजपाका उम्मेदवार राजेन्द्र महतोले ४ हजार ५ सय ३७ मत ल्याउनु भएको छ । निधिले भने ३ हजार १ सय ७४ मत ल्याउनु भएको छ । मतगणना भइरहेको ठाउँलाई ताराजालीले घेरेर राखिएको छ ।

मतगणनामा संलग्न कर्मचारी तार जालीले ढाकिएको ठाउँ भित्र बसेर मतगणना गरिरहँदा दलका प्रतिनिधि भने तारजाली बाहिरबसेर मत टिपिरहेका छन् ।

Share It

Post Comments
थप विशेष