विशेष प्रदेशसभामा वाम गठबन्धनका जगत सिंखडा विजयी
Ujyaalo

धादिङ, मंसिर २२ –प्रदेश सभामा धादिङको क्षेत्र नंं २ अन्तर्गतको ‘ख’ प्रदेशसभामा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका जगत सिंखडा विजयी भएका छन् ।

प्रमुख निर्वाचन अधिकृत उमेश कोइरालाका अनुसार जगत सिंखडाले १७ हजार ६ सय ५ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका डम्बर तामाङले १५ हजार ७ सय ७४ मत ल्याउनुभएको छ । उहाँको मत अन्तर १ हजार ८ सय ३१ रहेको छ ।

५४ हजार २ सय ३७ मतदाता रहेको यो प्रदेश मा ३५ हजार ६ सय ७ जनाले मतदान गरेका थिए ।

 

Share It

Post Comments
थप विशेष