विशेष जाजरकोट प्रदेशसभा ‘ख’ मा एमाले उम्मेदवार करवीर शाही विजयी
Ujyaalo

जाजरकोट, मंसिर २२ –जाजरकोटको प्रदेशसभा ‘ख’ मा नेकपा एमालेका करवीर शाही विजयी हुनुभएको छ ।

वाम गठबन्धनका उम्मेदवार शाही १५ हजार १ सय ८५ मतसहित विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका दीपक जंग शाहले १० हजार ३ सय ६० मत प्राप्त गर्नुभयो । एमालेका शाहीले कांग्रेसका शाह भन्दा ४ हजार ८ सय २१ बढी मत ल्याएर विजयी हुनुभएको हो ।

Share It

Post Comments
थप विशेष