विशेष डडेल्धुरामा मतगणना सुरु
Ujyaalo

डडेल्धुरा, मंसिर २२ – डडेल्धुरामा मतगणना सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार रहेको जिल्लामा शुक्रबार राति साढे ९ बजेपछि मतगणना सुरु भएको हो ।

बेलुका बसेको सर्वदलीय बैठकले मतगणना सुरु गर्ने सहमति गरेको मुख्य निर्वाचन अधिकृत डा. रमेशप्रसाद रिजालले जानकारी दिनुभयो ।

जिल्लाको परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका केही मतदान स्थलका मतपेटिकाहरु जिल्ला सदरमुकाम पुग्न ढिलो भएका कारण अहिलेसम्म मतगणना हुन नसकेको जनाइएको छ ।

डडेल्धुरामा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुईओटा निर्वाचन क्षेत्र रहेको छ । मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तारजाली, बत्ती सुरक्षाकर्मी लगायतको सबै तयारी पूरा भएको छ ।

 

Share It

Post Comments
थप विशेष