विशेष तेह्रथुममा अझै सुरु भएन मत गणना
Ujyaalo

तेह्रथुम, मंसिर २२– तेह्रथुममा तोकिएको समयमा राजनीतिक दलका प्रतिनिधि नआएपछि मतगणना अझै सुरु हुन सकेको छैन । शुक्रबार राति ९ः३० बजेबाटै मतगणना सुरु हुने भनिएपनि दलका प्रतिनिधि उपस्थित नहुँदा ढिलो भएको हो ।

ढिलो गरी दलका प्रतिनिधि आएपछि बल्ल परिचय पत्र व्यवस्थापन र मुचुल्का गर्ने काम भइरहेको छ । मतगणना सुरु हुन अझै करिब एक घण्टा ढिलो हुने देखिएको छ ।

Share It

Post Comments
थप विशेष