विशेष काठमाडौं ४ मा गगनले तोडे राजनको अग्रता, किन आएन सुबुनाको भोट ?
Ujyaalo

काठमाडौं, मंसिर २२ – काठमाडौंको क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका युवा नेता १११२१ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

सुरुवाति मतपरिणाममा थापालाई पछि छोडेका नेकपा एमालेका राजन भट्टराईको ११०५०मत प्राप्त गर्नुभएको छ । लामोसमयसम्म कायम रहेको भट्टराईको अग्रतालाई कांग्रेस नेता थापाले तोड्नुभएको हो । थापा र भट्टराईको चुनावी प्रतिस्पर्धालाई निकै रोचकताका साथ हेरिएको छ ।

त्यस्तै चुनावी प्रचारप्रसारका बेलामा चर्चामा रहेकी विवेकशील साझाकी सुबुना बस्नेतको भने ६९८ मत मात्रै रहेको छ । काठमाडौं ४ मा सुबुनाको अपेक्षा गरिएको भोट भने आएको छैन ।

Share It

Post Comments
थप विशेष