विशेष धादिङ प्रदेशसभामा वाम गठबन्धनको क्लिन स्विप
Ujyaalo

धादिङ, मंसिर २३ –धादिङका चार वटै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रदेशसभा २ ‘क’ बाट एमालेका उम्मेदवार डाक्टर रामकुमार अधिकारी विजयी हुनुभएको छ । उहाँ २०३६३ मतसहित प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश धमला १९०१५ मत प्राप्त गर्नुभयो । ६१११८ मतदाता रहेको यो प्रदेशसभामा ४१३४३ मत खसेको थियो ।

यसअघि नै घोषणा भएका अरु तीन वटा क्षेत्रमा पनि वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । धादिङ १‘क’ बाट तीन नम्बर प्रदेशका सम्भावित मुख्यमन्त्रीका रुपमा हेरिएका एमाले नेता राजेन्द्रप्रसाद पाण्डे २७३३२ मतसहित विजयी हुनुभएको हो ।

त्यस्तै १‘ख’ मा माओवादी नेता शालिकराम जम्कट्टेल २३३८२ मतसहित विजयी हुनुभएको छ । २‘ख’ मा माओवादी नेता जगतबहादुर सिंखडा १७६०५ मतसहित विजयी हुनुभएको छ ।

Share It

Post Comments
थप विशेष