विशेष कोइरालाको विराशत भत्काउँदै लालबाबु
Ujyaalo

सुमन तिमल्सिना/उज्यालो ।

विराटनगर, मंसिर २३– मोरङ क्षेत्र नम्बर ६ मा बाम गठबन्धनले कोईरालाको विरासत धरापमा पारेको छ । पछिल्लो मत परिणम अनुसार बाम गठबन्धतनका उम्मेदवार एमाले नेता लालबाबु पण्डितले आफ्नो अग्रता कायम राख्नु भएको छ ।

उहाँले २३ हजार ५ सय ७ मत ल्याएर अग्रस्थानमा कायम राख्दा कांग्रेसका डा. शेखर कोईरालाले पछ्याई रहनु भएको छ । डा. कोईराला र पण्डित बिचको मतान्तर भने अझै कमी आउन सकेको छैन । कोइरालाको २१ हजार ५ सय ६ मत छ ।

क्षेत्र नम्बर ६ मा ५१ हजार ९ सय ६९ मत गणना भईसकेको छ । मतगणना गर्न बाँकी दक्षिणी क्षेत्रको मत परिणाममा थप छिनोफानो गर्नेछ ।

 

Share It

Post Comments
थप विशेष