विशेष सुरुवाति अग्रता बनाएर पछि परेका नारायकाजीले बाबुरामलाई उछिन्लान् त ?
Ujyaalo

मंसिर २३ –गोरखा क्षेत्र नम्बर २ मा खसेको आधा मत गन्ती गर्दा वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठभन्दा डाक्टर बाबुराम भट्टराई झण्डै २५ सय मतले अगाडि हुनुहुन्छ ।

क्षेत्र नम्बर २ मा खसेको ६० हजार १०९ मतमध्ये शुक्रबार राति साढे ११ बजेसम्म ३० हजार ५४० मतपत्र गनिएको छ । त्यति मतपत्र गन्दा बाबुराम भट्टराई नारायणकाजी श्रेष्ठभन्दा २४ सय ६६ मतले अगाडि हुनुहुन्छ ।

मतपरिणाम अनुसार भट्टराई १५ हजार ६२१ मत ल्याएर अगाडि हुनुहुन्छ । नारायणकाजीले बाबुरामलाई पछ्याउँदै १३ हजार १५५ मत प्राप्त गर्नुभएको छ । गोरखामा सुरुवाति चरणमा भने श्रेष्ठ अगाडि हुनुहुन्थ्योे ।

सर्वाधिक चर्चामा रहेको गोरखा २ मा भट्टराई र श्रेष्ठको बीच निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ । गोरखामा नयाँ शक्ति र नेपाली कांग्रेसको गठबन्धनले वाम गठबन्धनसँग प्रतिस्पर्धा गरिरहेको छ ।

 

Share It

Post Comments
थप विशेष