विशेष अग्रता बढाउँदै शेरबहादुर देउवा, लिए दोब्बरको अग्रता
Ujyaalo

डडेल्धुरा, मंसिर २३ – डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता बढाउँदै लैजानुभएको छ ।

शुक्रबार रातिदेखि मतगणना सुरु भएकोमा नेपाली कांग्रेसका सभापति समेत रहनुभएका देउवाले २ हजार २ सय ३५ मतसहित अग्रता लिइरहनुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका खगराज भट्टले एक हजार एक सय ११ मतसहित पछ्याइ रहनुभएको छ । देउवा भट्ट भन्दा १ हजार एक सय २४ मतले अघि रहनुभएको छ ।

 

Share It

Post Comments
थप विशेष