विशेष एमाले सचिव योगेश भट्टराई साढे १२ हजार बढि मतान्तरले विजयी
Ujyaalo

केशबप्रसाद भट्टराई/उज्यालो ।

ताप्लेजुङ, मंसिर २२ – नेकपा एमालेका सचिव समेत रहनु भएका ताप्लेजुङका उम्मेदवार योगेशकुमार भट्टराई विजयी हुनु भएको छ ।

एउटा मात्रै प्रतिनिधिसभाको क्षेत्र रहेको ताप्लेजुङमा उहाँ १२ हजार ५ सय ९१ मतान्तरले विजयी हुनु भएको हो । भट्टराईले २९ हजार ४ सय ७९ मत प्राप्त गर्नु भएको छ ।

उहाँका निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रेसका केशबप्रसाद दाहालले १६ हजार ८ सय ८८ मत प्राप्त गर्नुभएको छ । जम्मा ५१ हजार ७ सय ४३ मत खसेको थियो । यसमध्ये २ हजार ३ सय ३३ मत बदर भएको छ ।

प्रतिनिधि सभाका लागि ताप्लेजुङमा ८ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

Share It

Post Comments
थप विशेष