विशेष रवीन्द्र मिश्रलाई हराए प्रकाशमान सिंहले
Ujyaalo

काठमाडौं, मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी हुनुभएको छ ।

नेपाली कांग्रेसका सिंहले विवेकशील साझा पार्टीका संयुजक रवीन्द्र मिश्रलाई पछि पार्दै जित निकाल्नुभएको हो ।

सिंह १० हजार ९ सय ३६ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी मिश्रले १० हजार एक सय १८ मत ल्याउनुभएको । मिश्र ८ सय १८ मतले पराजित हुनुभएको हो । 

यस्तै वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका माओवादी केन्द्रका अनिल शर्माले ५ हजार ३ सय ३६ मत प्राप्त गर्नुभएको छ । 

 

Share It

Post Comments
थप विशेष