विशेष ताप्लेजुङ प्रदेशसभा क मा एमालेका बलबहादुर विजयी, ताप्लेजुङमा वामको ‘क्लिनस्वीप’
Ujyaalo

ताप्लेजुङ, मंसिर २३– नकपा एमाले ताप्लेजुङका जिल्ला अध्यक्ष समेत रहनु भएका वामगठबन्दनका प्रदेश सभा ‘क’ का उम्मेदवार बलबहादुर साम्सोहाङ विजयी हुनु भएको छ ।

साम्सोहाङले १५ हजार ४ सय १७ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धि नेपाली काग्रेकी लिलादेबी बोखिमले १० हजार ९ सय ७४ मत प्राप्त गर्नु भयो । साम्सोहाङले ४ हजार ४ सय ४३ मतले काग्रेसकी बोखिमलाई पराजीत गर्नु भएको हो ।

प्रदेशसभा (ख) बाट वामगठबन्दनका टंक आङबुहाङ १२ हजार १ सय ९८ मत प्राप्त गर्दै विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धि दिपेन्द्रकुमार सेन्दाङले ७ हजार ५ सय ८७ मत प्राप्त गर्नु भयो ।

आङबुहाङले ४ हजार ६११ को मतान्तरले बिजय हासिल गर्नु भएकोछ । ताप्लेजुङमा ५१ हजार ७ सय ४३ मत खसेको थियो । प्रतिनिधि सभामा एमालेकै योगेश भट्टराई विजयी हुनु भएको छ । सबै क्षेत्रमा जित्दै वाम गठबन्धनले ‘क्लिनस्वीप’ गरेको छ ।

Share It

Post Comments
थप विशेष