विशेष मोरङ २ मा कांग्रेसका मिनेन्द्रले तोडे एमालेका ऋषिकेशको अग्रता
Ujyaalo

मोरङ, मंसिर २३– मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार डा. मिनेन्द्र रिजालले फेरि अग्रता बनाउनु भएको छ । सुरुमा अगाडी लागेका रिजाललाई एमाले उम्मेदवार ऋषिकेश पोख्रेलले उछिन्नु भएको थियो ।

तर पछिल्लो मत परिणाम अनुसार रिजालले ९४ मतले अग्रता लिनु भएको हो । रिजालको १६ हजार ४ सय ४९ र पोख्रेलको १६ हजार ३ सय ५५ मत रहेको छ ।

मोरङका अरु ५ वटै क्षेत्रमा वामगठबन्धनका उम्मेदवार अगाडी छन् ।

Share It

Post Comments
थप विशेष