विशेष ललितपुर–२ मा एमालेका कृष्णलाल महर्जन १० हजार भन्दा बढी मतले विजयी
Ujyaalo

ललितपुर, मंसिर २३ – ललितपुरको क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णलाल महर्जन विजयी हुनुभएको छ । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका महर्जन २७ हजार ७ सय १३ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९ सय ४५ मत प्राप्त गर्नुभयो । विजयी हुनुभएका महर्जनले कांग्रेसका चन्द्र महर्जनले भन्दा १० हजार ७ सय ६८ मत बढी प्राप्त गर्नु भएको छ ।

यो क्षेत्रमा ७५ हजार ८ सय ४१ कुल मतदाता रहेकोमा ५४ हजार ५ सय ११ मत खसेको निर्वाचन अधिकृत विनोदप्रसाद भट्टले जानकारी दिनुभयो ।

Share It

Post Comments
थप विशेष