विशेष मोरङ ३ मा एमालेका भानुभक्त ढकाल विजयी
Ujyaalo

सुमन तिमल्सिना/उज्यालो ।

विराटनगर, मंसिर २३– शुक्रबारबाट मतगणना सुरु भएको मोरङको अन्तिम परिणाम आउन थालेको छ । मोरङ क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका भानुभक्त ढकाल बिजयी हुनु भएको छ । नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मालाई १ हजार ९ सय ७ मतले पराजित गर्नु भएको हो ।

ढकालले ४२ हजार४ सय १३ मत प्राप्त गर्नु भयो भने उहाँका निकटतम प्रतिद्धन्दी शर्माले ४० हजार ५ सय ६ मत प्राप्त गर्नुभयो । स्थानीय तहको निर्वाचनलाई आधार मानेर २१ हजार बढी मत रहेको बताएको बाम गठबन्धनलाई शर्मा ठूलो चुनौती बन्नु भएको थियो ।

मोरङका बाँकी ५ वटा निर्वाचन क्षेत्रको पनि मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार एउटामा नेपाली कांग्रेस र चारमा वामगठबन्धनका उम्मेदवारको अग्रता छ ।

नेकपा एमालेको पोलिटब्यूरो सदस्य ढकालको जन्म २०१८ सालको पुस १ गते तेह्रथुमको ओख्रेमा भएको हो । उहाँले स्नातकोत्तर तह सम्मको अध्ययन पूरा गर्नु भएको छ । २०३५ सालमा अखिलबाट राजनीति शुरु गरेका ढकालले २०५३ सालमा अखिलको महासचिव भएपछि विद्यार्थी राजनीति छाड्नु भएको थियो ।

२०७० सालको संविधानसभा चुनावमा समानुपातिक तर्फवाट सभाषद बनेका ढकाल १ वर्ष ९ महिना नेकपा एमालेको प्रमुख सचेतक हुनुभएको थियो ।

Share It

Post Comments
थप विशेष