विशेष जुम्लामा वाम गठबन्धनको क्लिन स्वीप, प्रतिनिधिसभामा माओवादीका महत विजयी
Ujyaalo


जुम्ला, मंसिर २३ – जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गजेन्द्रबहादुर महत विजयी हुनुभएको छ । वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका महत २२ हजार १ सय ७३ मतसहित विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवेन्द्रबहादुर शाहीले १४ हजार एक सय ४९ मत प्राप्त गर्नुभयो । कुल ४१ हजार ४ सय ५६ मत सकेकोमा माओवादीका महत ८ हजार २४ मत बढी ल्याएर विजयी हुनुभएको हो ।

योसँगै जुम्लामा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधिसभामा माओवादीका महतले जित्नु भएकोमा प्रदेशसभा ‘क’ मा माओवादीकै नरेश भण्डारी र प्रदेशसभा ‘ख’ मा एमालेका पदमबहादुर रोकाया विजयी हुनुभयो ।

 

Share It

Post Comments
थप विशेष