विशेष राजन भट्टराईलाई हराउँदै गगन थापा विजयी
Ujyaalo

काठमाडौं, मंसिर २३ –काठमाडौं क्षेत्र नंं. ४ मा कांग्रेसका गगन थापा विजयी हुनुभएको छ ।

वाम गठबन्धनका उम्मेदवार एमाले नेता राजन भट्टराईलाई हराउँदै थापा विजयी हुनुभएको हो । मतगणनाको सुरुवाति चरणमा भट्टराईको अग्रता भए पनि थापाले उहाँलाई पछि पार्न थाल्नुभएको थियो । मतान्तर बढाउँदै थापाले जित हासिल गर्नुभएको हो ।

अरु क्षेत्रमा हार व्यहोरेको कांग्रेसलाई गगन थापाको जितले उत्साहित बनाएको छ । काठमाडौंमा यसअघि कांग्रेसका प्रकाशमान सिंहले जित हासिल गरिसक्नुभएको छ ।

थापा यसअघि पनि काठमाडौं ४ बाटै संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । कांग्रेसका शीर्ष नेताहरु अहिले भैरहेको मतगणनामा धेरै ठाउँमा पछाडि रहेका बेला थापाले जित हासिल गर्नुभएको छ ।

Share It

Post Comments
थप विशेष