विशेष रसुवामा वाम गठबन्धनलाई माथ दिँदै लोकतान्त्रिक गठबन्धनको क्लिन स्विप
Ujyaalo

रसुवा, मंसिर २३ –अरु क्षेत्रमा निराशाजनक नतिजा आएपनि रसुवामा लोकतान्त्रिक गठबन्धनको उत्साजनक नतिजा आएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा रसुवामा लोकतान्त्रिक गठबन्धनले जित हासिल गरेको छ । तीन सदस्यका लागि भएको चुनावमा तीनवटै सिट लोकतान्त्रिक गठबन्धनले जितेको हो ।

प्रतिनिधिसभातर्फ लोकतान्त्रिक गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य १४ हजार चार सय ५३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार जनार्दन ढकाल १० हजार दुई सय ७८ मत आउँदा पराजित हुनयभो । चार हजार एक सय ७५ बढी मत ल्याएर आचार्य विजयी हुनुभएको हो ।

प्रदेशसभातर्फ ‘क’ नेपाली कांग्रेसका प्रभात लामा विजयी हुनुभएको छ । वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार कर्णेल लामालाई एक हजार ८ सय २४ मतले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । कांग्रेसका लामाको ६ हजार ९ सय ७६ मत आएको थियो भने उहाँको प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लामाको ५ हजार एक सय ५२ मत आएको थियो । एक हजार ८ सय २४ मत बढी ल्याएर लामा विजयी हुनुभएको हो ।

प्रदेश ‘ख’ तर्फ पनि लोकतान्त्रिक गठबन्धनका नयाँ शक्तिका प्रेम तामाङले एक हजार तीन सय ४८ मत बढी ल्याएर विजयी हुनुभएको हो । नयाँ शक्तिको तामाङको ७ हजार ४० र उहाँको प्रतिद्धन्दी नेकपा माओवादीका उम्मेदवार इन्द्र गौतम जगतजंगको ५ हजार ६ सय ९२ मत आएको छ ।

Share It

Post Comments
थप विशेष