विशेष दार्चुलामा वाम गठबन्धनको क्लिन स्वीप
Ujyaalo

दार्चुला, मंसिर २३ – दार्चुलामा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रदेशसभाका दुवै तथा एक प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

प्रदेशसभा ‘क’ मा १६ हजार ५३ मत ल्याएर नेकपा एमालेका गेल्बु सिंह बोहरा विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका मदन गिरीले १२ हजार ५ सय ९८ मत प्राप्त गर्नुभयो ।

यस्तै प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रका मानबहादुर धामी १२ हजार ९ सय ५६ मतसहित विजयी हुनुभएको छ ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका जगदीशबहादुर पालले ९ हजार ५ सय ७५ मत प्राप्त गर्नुभयो । यसअघि सार्वजनिक भएको प्रतिनिधिसभा तर्फको मतपरिणाममा एमालेका गणेशसिंह ठगुन्ना २८ हजार ९ सय ९८ मत ल्याएर विजयी हुनुभएको थियो ।

 

Share It

Post Comments
थप विशेष