विशेष राजपाका ६ अध्यक्ष मध्ये ५ अघि, राजकिशोर १५ सय मतले पछि
Ujyaalo

काठमाडौं, मंसिर २३ – राष्ट्रिय जनता पार्टी राजपा नेपालका अध्यक्ष मण्डलका ६ जना सदस्य मध्ये ५ जनाले प्रतिनिधिसभा चुनावमा अग्रता लिएका छन् । एक जना सदस्य भने पछि परेका छन् । तराई मधेस केन्द्रित ६ वटा राजनीतिक दलबिच एकीकरण भएर राजपा बनेका थियो ।

महोत्तर क्षेत्र नम्बर ३ का उम्मेदवार बनेका महन्थ ठाकुरले प्रारम्भिक मतगणनामा अग्रता लिनुभएको छ । शरतसिंह भण्डारीले पनि महोत्तरी २ मा प्रारम्भिक अग्रता लिनुभएको छ ।

धनुषा ३ मा कांग्रेसका विमलेन्द्र निधिसँग चुनाव लडेका राजेन्द्र महतो २२ सय भन्दा बढी मतले अघि हुनुहुन्छ । महतोले सुरुदेखि नै अग्रता बनाउनुभएको हो ।

रौतहट क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका अनिल झाको जित निश्चित जस्तै भएको छ । उहाँ नेपाली कांग्रेसका कृष्णप्रसाद यादवभन्दा साढे ३ हजार मतले अघि हुनुहुन्छ ।

सर्लाही क्षेत्र नम्बर २ मा महेन्द्र राय यादव पनि अघि हुनुहुन्छ । तर उहाँलाई नेपाली कांग्रेसका जंगीलाल रायले पछ्याई रहनु भएको छ । उहाँहरुको मत अन्तर ५ सय छ ।

सिरहा ४ मा उम्मेदवार बनेका राजकिशोर यादव भने पछि हुनुहुन्छ । उहाँ नेकपा माओवादीका अजयशंकर नायकसँग १५ सय भन्दा बढी मतले अघि हुनुहुन्छ ।

Share It

Post Comments
थप विशेष