विशेष धनकुटामा सुनिल थापा झण्डै ५ हजार मतले पछि
Ujyaalo

धनकुटा, मंसिर २३ – धनकुटामा वाम गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् । प्रतिनिधिसभातर्फ एमालेका राजेन्द्रकुमार राईले राप्रपा प्रजातान्त्रिकका सुनिलकुमार थापाभन्दा ४ हजार ८ सय ५४ मतले अग्रता लिनुभएको छ ।

पछ्रिल्लो विवरण अनुसार राईले १४ हजार ८ सय ९४ र थापाले १० हजार ४० मत पाउनुभएको छ ।

यस्तै प्रदेशसभाको क तर्फ एमालेका उम्मेदवार निरन राईले १० हजार ४ सय २७ र काँग्रेसका मनोहरनारायण श्रेष्ठले ८ हजार ९६ मत पाउनुभएको छ । यस्तै प्रदेश ख एमालेका इन्द्रमणी पराजुलीले १२ हजार ३ सय ६४ र संघीय समाजबादी फोरमका अर्जुन थापाले ५ हजार ८६ मत पाउनुभएको छ ।

 

Share It

Post Comments
थप विशेष