विशेष गोरखा क्षेत्र नम्बर २ मा बाबुराम ३ हजारभन्दा बढी मतले अगाडि
Ujyaalo

गोरखा, मंसिर २३– गोरखा क्षेत्र नम्बर २ मा बाबुराम ३ हजार ६ सय ४२ मतले नारायाकाजी श्रेष्ठ अगााडि हुनुहुन्छ । पछिल्लो मतपरिणाम अन्तर्गत बाबुराम भट्टराईले नारायणकाजी श्रेष्ठसँग मतान्तरको दुरी बढाउदै हुनुहुन्छ ।

सुरुआती चरणमा नारायणकाजी श्रेष्ठ अगााडि रहेको गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा पछिल्लो मतगणना अनुसार बाबुराम भट्टराईले मतान्तर अगाडि बढाउनुभएको हो ।

गोरखा क्षेत्र नम्बर २ मा अहिलेसम्म४५ हजार १ सय ७३ मत गणना गरिसकिएको छ । अब बाबुराम भट्टराईलाई जित्न नारायणकाजीलाई निकै चुनौती देखिएको छ ।

Share It

Post Comments
थप विशेष