विशेष चितवनको तीनवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको अग्रता, प्रचण्डले पाण्डेसँगको मतान्तर बढाउँदै
Ujyaalo

चितवन, मंसिर २३ – चितवनको तीनवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारकोे अग्रता रहेको छ ।

चितवन १ मा एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेले अग्रता कायम राख्नुभएको छ । उहाँको ४ हजार ५ सय ४९ मत रहेको छ भने नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र वुर्लाकोटीको २ हजार ८ सय ९४ मत रहेको छ ।

क्षेत्र नम्बर २ मा एमालेका कृष्णभक्त पोखरेलको अग्रता रहेको छ । उहाँको २ हजार ९ सय ७६ मत रहेको छ भने नेपाली कांग्रेसका शेषनाथ अधिकारीको १ हजार ३ सय ८३ मत रहेको छ ।

चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अग्रता कायम रहेको छ । प्रारम्भिक मतपरिणाममा राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेसँग पछाडि पर्नुभएका प्रचण्डले अहिले पाण्डेसँगको मतान्तर १ हजार ४ सय ८७ पुर्यानुभएको छ ।

पछिल्लो मत अनुसार प्रचण्डको ३ हजार ७ सय ९५ मत रहेको छ भने पाण्डेको २ हजार ३ सय ८ मत रहेको छ ।

 

Share It

Post Comments
थप विशेष