विशेष मोरङमा काँग्रेसको नाक थामिरहेका रिजालको अग्रता १५ सय नाघ्यो
Ujyaalo

मोरङ, मंसिर २३ – मोरङ क्षेत्र नम्बर २ मा डाक्टर मिनेन्द्र रिजालको अग्रता १५ सय नघाएका छन् । शुरुदेखि नै कहिले अग्रता त कहिले दोश्रो स्थानमा रहँदै आएका रिजालले पछिल्लो विवरण आउँदा १५ सय १ मतको अग्रता लिनुभएको हो ।

यसअघि काँग्रेसको गढ भनेर चिनिने मोरङका ६ वटा क्षेत्रमध्ये तीनवटामा एमालेका उम्मेदवार विजयी भइसकेका छन् । मतगणना भइरहेका मा रिजालले मात्र अग्रता लिइरहनुभएको छ ।


पछिल्लो विवरण अनुसार रिजालले २८ हजार ७ सय ६८ र एमालेका ऋषिकेश पोखरेलले २७ हजार २ सय ६७ मत पाउनुभएको छ ।

 

Share It

Post Comments
थप विशेष