विशेष ‘ठुला नेताले नै भनेका हुन्, मुख्य मन्त्री म नै हो’
Ujyaalo

दाङ , मंसिर २३ - दाङ क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट निर्वाचित भैसकेपछि एमाले नेता शंकर पोख्रेलले आफु नै ५ नम्बरको मुख्यमन्त्री बन्ने पक्का भएको बताउनुभएको छ । शिर्ष नेताले नै आफुलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएकालअब प्रदेश नम्बर ५ को मुख्यमन्त्री हुने नेता पोख्रेलको दावी छ । ‘शिर्ष नेताले नै मलाई तपाइँ नै मुख्यमन्त्री हो भन्नुभएको छ, अबको ५ नम्बर प्रदेशको मुख्यमन्त्री म नै हो’ विजयी ¥यालीमा नेता पोख्रेलले भन्नुभयो ।
पोख्रेल दाङको क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट शंकर पोख्रेल २० हजार ७ सय २३ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी काँग्रेसका कमलकिशोर शर्मा घिमिरेले ११ हजार १ सय ७२ मत मात्र ल्याउनुभयो । अहिले नेता पोख्रेलको समर्थनमा विजयी ¥याली निस्किएको छ ।
दाङ क्षेत्र नम्बर २ बाट नै उठ्ने तयारी गरेका पोख्रेललाई प्रदेश नम्बर ५ को मुख्यमन्त्री बनाउने भनेपछि उहाँ त्यो क्षेत्र माओवादीका कृष्ण बहादुर महरालाई छाड्न तयार हुनुभएको थियो । पोख्रेलले प्र्रतिनिधिसभाको क्षेत्र नम्बर २ छाड्न नमानेपछि उहाँलाई मुख्यमन्त्री बनाउने सहमती भएको थियो । सहमती अनुसार २ नम्बरमा माओवादीका कृष्ण बहादुर महरालाई बामले उम्मेदवार बनाएको छ ।

 

Share It

Post Comments
थप विशेष