विशेष चितवन ३ मा प्रचण्डको अग्रता कायमै
Ujyaalo

चितवन, मंसिर २३ – चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राप्रपा प्रजातान्त्रिकका बिक्रम पाण्डेसँगको मतान्तर बढाउँदै लानुभएको छ ।

प्रारम्भिक मतपरिणाममा राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेसँग पछाडि पर्नुभएका प्रचण्डले अहिले पाण्डेसँगको मतान्तर १ हजार ५ सय ८३ पुर्यानुभएको हो ।

पछिल्लो मत अनुसार प्रचण्डको ३ हजार ९ सय ५७ मत रहेको छ भने पाण्डेको २ हजार ३ सय ७४ मत रहेको छ । कुल ९३ हजार ८ सय २३ मत खसेकोमा अहिले ६ हजार ८ सय १५ मत गनिएको छ ।

Share It

Post Comments
थप विशेष