विशेष जनयुद्धपछि चौथोपटक लालकिल्ला बन्यो रुकुम
Ujyaalo

अर्जुन पोख्रेल/उज्यालो ।

काठमाडौं, मंसिर २३ – १० बर्षे जनयुद्धको आधार इलाका रुकुमलाई माओवादीले आफ्नो भाषामा लालकिल्ला भन्थे ।

जनयुद्धकालमा हतियारको बलमा माआवादीले रुकुमलाई लालकिल्ला बनाएका थिए । तर बन्दुक विसाएर शान्तिपूूर्ण राजनितिमा आएपछि पनि माओवादीले जनमत पाएर रुकुमलाई लालकिल्ला बनाउँदै आएको छ ।

संविधानसभाकोपहिलो चुनावमा माओवादीले रुकुमका दुइवटै क्षेत्रमा बाजी मा¥यो । त्यहाँ माआवादीका प्रभावशाली नेता तथा पूर्व कमान्डर जनार्दन शर्मा र अर्का कमान्डर गणेशमान पुन विजयी भए ।

पहिलो संविधानसभा र दोस्रो संविधानसभाको वीचमा माओवादीको लोकप्रियता निकै घटेको थियो । माओवादीले धेरै आधार इलाका गुमायो । प्रभावशाली नेताहरु हारे । तर पनि २०७० सालको संविधानसभाको दोस्रो चुनावमा पनि २ वटै क्षेत्र माओवादीले जित्यो । फेरि पनि जनार्दन शर्मा र गणेशमान पुन विजयी भए ।

संविधानसभाको दोस्रो चुनावपछि माओवादी उठ्नै नसक्नेगरि पछारियो भन्ने धेरैले अनुमान गरेका थिए । संविधान जारी भएपछि भएको स्थानिय तहको चुनावमा माओवादी निकै टिठलाग्दो देखियो ।

तर पनि माओवादीले रुकुमलाई भने लालकिल्लाका रुपमा जोगाएरै राख्यो । टुक्रिएर २ जिल्ला बनेको रुकुमका दुवै नयाँ जिल्लामा रहेका ९ वटा स्थानीय तहमध्ये माओवादीले ९ वटा नै जित्यो । जिल्ला टुुक्रिएपछि माओवादी कमजोर हुन्छ भन्ने आँकलन फेरि पनि झुटो सावित भयो ।

संघिय संविधानपछि भएको पहिलो संघिय चुनावमा पनि माओवादीले रुकुमलाई लालकिल्ला बनाएको छ । माओवादीले पूूर्वी र पश्चिम दुवै रुकुममा प्रतिनिधिसभाका २ वटै क्षेत्र र प्रदेशसभाका ४ वटै क्षेत्र जितेको छ ।

रुकुम पश्चिममा माओवादी नेता जनार्दन शर्माले ठूूलो मतान्तरका साथ जितेर आफुलाई लोकप्रिय नेता रहेको सावित गर्नुभएको छ । उर्जा मन्त्री हुँदा लोडसेडिङको अन्त्य गरेर आफुलाई चर्चाको चुलीमा पुुर्‍याएका जनार्दन शर्माले ३४ हजार ४ सय २ मत ल्याएर रुकुमपश्चिममा विजयी हासिल गर्नुभयो । उहाँका प्रतिस्पध्र्दि गोपालजी जंग शाहले १५ हजार ७ सय ९ मत मात्र ल्याउनुभयो ।

पश्चिम रुकुमकै प्रदेशसभा क मा माओवादीकै रातो कामी ८ हजार मतान्तरले विजयी हुनुभयो । यस्तै प्रदेशसभा ख मा गोपाल शर्मा १० हजार मतान्तरले विजयी हुनभयो ।

पुर्वी रुकुममा पनि माओवादीकी कमला रोका काँग्रेसका हरिशंकर कुर्मी भन्दा झण्डै ६ हजारभन्दा धेरै मत ल्याएर विजयी हुनुभयो । यस्तै पूूर्वी रुकुमको प्रदेशसभा क मा तेजलाल वली र ख मा पुर्णबहादुर घर्तीविजयी हुनुभयो ।

माओवादी शान्तिप्रक्रियामा आइसकेपछि देशमा ४ पटक नागरिकले भोट हाल्ने अधिकार पाए । रुकुममा नागरिकले ४ पटक नै माओवादीलाई विजयी बनाए ।

शान्तिप्रक्रिया पछिका संविधानसभाको पहिलो चुनाव २०६४, संविधानसभाको दोस्रो चुनाव २०७०, स्थानीय तहको चुनाव २०७४ र प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव २०७४ मा गरि ४ पटक रुकुमलाई माआवादीले लालकिल्ला बनाएको छ ।

Share It

Post Comments
थप विशेष