विशेष वहालवाला राज्यमन्त्रीलाई पूर्व राज्यमन्त्रीले पछारे
Ujyaalo

बैतडी, मंसिर २३ – बैतडीबाट प्रतिनिधिसभा सदस्यका लागि भिडेका दुई राज्यमन्त्री मध्ये पूर्व अर्थराज्यमन्त्रीले वहालवाला वाणिज्य राज्यमन्त्रीलाई हराएका छन् ।

पूर्व अर्थराज्यमन्त्री एवं वामगठबन्धनका एमाले उम्मेदवार दामोदर भण्डारी ३९ हजार ५२४ मत प्राप्त गरी विजयी हुनुभएको हो । बहालवाला वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले भने २८ हजार २९१ मत प्राप्त गर्नुभयो ।


बैतडीको प्रतिनिधिसभा र प्रदेशसभाका सबै निर्वाचन क्षेत्रमा वामगठबन्धनका उम्मेदवारले जितेका छन् ।

Share It

Post Comments
थप विशेष