विशेष मुख्यमन्त्री दाबी गरेका पृथ्वीसुब्बा गुरुङ भारी मतले विजयी
Ujyaalo

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, मंसिर २३– लमजुङको प्रदेशसभा ख मा वामगठबन्धनका उम्मेदवार एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी हुनुभएको छ । उहाँ ८ हजार ६६ मतान्तरले विजयी हुनुभएको हो । उहाँले २३ हजार १ सय ८८ मत प्राप्त गर्नुभएको हो ।

उहाँका प्रत्यासी कांग्रेसका कृष्णप्रसाद कोईरालाले १५ हजार १ सय २२ मत ल्याउनुभएको छ ।

चुनावअघि उहाँले प्रदेश नम्बर ४ को मुख्यमन्त्री आफैँ हुने दाबी गर्नुभएको थियो । उहाँ एमालेका केन्द्रीय सचिव समेत हुनुहुन्छ । चुनाव भारी मतले विजयी भएसंगै गुरुङलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको लमजुङमा प्रतिनिधिसभा र प्रदेशसभा ख को मत परिणाम पनि साँझसम्म सार्वजनिक गर्ने गरी गणना भैरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा क मा पनि वामगठबन्धनकै अग्रता रहेको छ ।

 

Share It

Post Comments
थप विशेष