विशेष कास्कीमा क्षेत्र नम्बर २ को प्रदेशसभा क मा एमाले विजयी
Ujyaalo

पोखरा, मंसिर २३ – नेकपा एमालेका उम्मेदवार कृष्ण थापा कास्कीको चुनावी क्षेत्र नम्बर २ क बाट प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ ।

थापाले ७ हजार ४ मत अन्तरले कांग्रेसका उम्मेदवार गुरु बराललाई पराजित गर्नुभएको हो ।

साविक पोखरा उपमहानगरपालिकाका मेयर थापाले १५ हजार ३ सय २९ मत ल्याउदा बरालले ८ हजार ३ सय २५ मत ल्याउनुभएको थियो ।

Share It

Post Comments
थप विशेष