विशेष खोटाङमा पनि वाम गठबन्धनको क्लीनस्वीप
Ujyaalo

खोटाङ, मंसिर २३ – वाम गठबन्धनले खोटाङमा पनि क्लीन स्वीप गरेको छ । प्रतिनिधिसभामा यसअघि नै जितिसकेको गठबन्धनका उम्मेदवारले प्रदेशसभाका दुवै सिटमा पनि जित हात पारेका हुन् ।

प्रदेशको क क्षेत्रमा गठबन्धनका सुयृ राजन राई १८ हजार ९ सय ३३ मत सहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी कांग्रेसका सुवास पोखरेलले १३ हजार ४ सय ११ मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालले जनाएको छ ।

प्रदेशसभा ख तर्फ गठबन्धनका रामकुमार राई १८ हजार ३ सय ७२ मत सहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी कांग्रेसका विष्णुकुमार राईले १२ हजार २ सय ३९ मत पाउनुभएको छ ।

Share It

Post Comments
थप विशेष