विशेष माधव नेपाललाई हराएका झक्कुले भिमसेनलाई हराउन सकेनन्
Ujyaalo

काठमाडौं, मंसिर २३ – काठमाडौं क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका भिमसेनदास प्रधान विजयी हुनुभएको छ । माओवादी केन्द्रका झक्कु सुवेदीलाई उहाँले १ हजार ३ सय मतले हराउनुभएको हो ।

६ सय मत गन्न बाँकि रहँदा ४ सय ३३ मतले पछाडि पर्नुभएका माओवादी केन्द्रका सुवेदीले मतान्तर घटाउँन सक्नुभएन र मतले पराजित हुनुभयो ।

कांग्रेसका प्रधानको १६ हजार ७ सय ८५ मत रहेको छ भने माओवादीका झक्कुको १५ हजार ४ सय ८५ मत रहेको छ ।

Share It

Post Comments
थप विशेष