विशेष संघीय समाजवादीले खाता खोल्यो, अध्यक्ष यादव विजयी
Ujyaalo

सप्तरी, मंसिर २३ – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । सप्तरी क्षेत्र नम्बर २ उहाँले नेकपा माओवादी उमेशकुमार यादवलाई १० हजार ४० मतले पछि पार्नु भएको हो ।

उमेशकुमार यादवले ११ हजार ५ सय ८० मत पाउनु भयो । तेश्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ९ हजार ४ सय ५९ मत ल्याउनु भयो । सप्तरी २ मा नेपाली कांग्रेस चौथो भयो ।

सकलदेव सुतिहारले ११ सय ५१ मत मात्र पाउनुभयो । २०६४ र ७० को संविधानसभा चुनाव मोरङ र सुनसरीबाट लड्दै आएका यादव यो पल्ट पहिलो चोटी सप्तरीबाट चुनाव लड्नु भएको हो ।

Share It

Post Comments
थप विशेष