विशेष दुई नम्बरमा प्रदेशमा पहिलो जित उपेन्द्र यादवको
Ujyaalo

सप्तरी, मंसिर २३ – प्रदेश नम्वर दुईमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विजयी सुरुवात गर्नुभएको छ ।

दुई नम्वर प्रदेशको पहिलो नतिजा सप्तरी क्षेत्र नम्बर २ बाट आएको हो । यस क्षेत्रबाट उम्मेदवारी दिएका यादवले माओवादीका उमेशकुमार यादवलाई १० हजार ४० मतले पछि पार्नुभएको छ ।

उमेशकुमार यादवले ११ हजार ५ सय ८० मत पाउनु भयो । तेश्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ९ हजार ४ सय ५९ मत ल्याउनु भयो । सप्तरी २ मा नेपाली कांग्रेस चौथो भयो ।

सकलदेव सुतिहारले ११ सय ५१ मत मात्र पाउनुभयो । २०६४ र ७० को संविधानसभा चुनाव मोरङ र सुनसरीबाट लड्दै आएका यादव यो पल्ट पहिलो चोटी सप्तरीबाट चुनाव लड्नु भएको हो ।

Share It

Post Comments
थप विशेष