विशेष धादिङमा वामपन्थीको विशाल विजय र्‍याली, पाण्डेले भने – धादिङबाटै पार्टी एकता हुन्छ
Ujyaalo

सीताराम अधिकारी/उज्यालो । 

धादिङ, मंसिर २३ – धादिङमा प्रतिनिधिसभा र प्रदेशसभाका सबैमा विजयी भएपछि एमाले र माओवादी नेताहरुले अब पार्टी एकता गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले केन्द्रबाट कुनै बहानामा पार्टी एकता नभए धादिङ जिल्लामा पार्टी एकता हुने र यसको अगुवाई आफूहरुले गर्ने बताउनुभयो ।

विजयसभामा उहाँले विकासका लागि प्रतिवद्धता जनाृउँदै चुनावी बाचा पूरा गरेर छाड्ने बताउनुभयो । प्रदेश सभाका सदस्य शालिकराम जम्मरकट्टेलले अबको काम भनेको आर्थिक संवृद्धि र विकास भएकोले आफूहरुले नागरिकको लागि काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

 

 वाम गठबन्धनको पुरै प्यानल विजयी भएपछि धादिङमा एमाले र माओवादीका कार्यकर्ता उत्साहित भएका छन् । सदरमुकाम धादिङवेशीमा भएको विजय जुलुस र सभामा हजारौंको उपस्थिति थियो । 

Share It

Post Comments
थप विशेष