विशेष डडेल्धुरा ‘क’ मा एमालेका पठान सिंह बोहरा विजयी
Ujyaalo

डडेल्धुरा, मंसिर २३ – डडेल्धुराको प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवा उम्मेदवार रहेको डडेल्धुराको प्रदेशसभा ‘क’ मा भने वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका एमालेका पठान सिंह बोहरा १३ हजार ५ सय ६३ मतसहित विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका रघुवर भट्टले ११ हजार ३ सय ३४ मत प्राप्त गर्नुभयो । प्रदेशसभा ‘ख’ र प्रतिनिधिसभामा भने कांग्रेस अगाडि रहेको छ ।

 

Share It

Post Comments
थप विशेष