विशेष पर्सामा संघीय समाजवादीको खाता खुल्यो, ३ महिनाभित्रमा रहबर अन्सारीको दोश्रो हार
Ujyaalo

पर्सा, मंसिर २३ पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा कबाट संघीय समाजवादी फोरम नेपालका उम्मेदवार जनत अन्सारी बिजयी हुनु भएको छ । यो संगै संघीय समाजवादी फोरम नेपालले पर्सामा खाता खोलेको छ ।

उहाँले ८ हजार ५ सय ९३ मत प्राप्त गर्नु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामनारायणप्रसाद कुर्मीले ७ हजार १ सय ७१ मत ल्याउनु भयो । वाम गठबन्धनका रहबर अन्सारीले ६ हजार ७ सय ९४ मत प्राप्त गर्नुभयो ।

अन्सारी तीन महिनाभित्र दोश्रो पल्ट चुनाव हार्नु भएको हो । असोजमा भएको स्थानीय तहको चुनावमा अन्सारी विरगञ्ज महानगरपालिकाको मेयरमा पराजित हुनु भएको थियो ।

 

Share It

Post Comments
थप विशेष