विशेष पर्सा ४ प्रदेश ‘क’ मा कांग्रेस विजयी
Ujyaalo

पर्सा, मंसिर २३ – पर्सा क्षेत्र नम्बर ४ को ‘क’ मा नेपाली कांग्रेस विजयी भएको छ । यो निर्वाचन क्षेत्रमा कांग्रेसका शंकर चौधरी ७ हजार ४ सय ८८ मत प्राप्त गरि विजयी हुनु भएको हो ।

क्षेत्र नं ४ को प्रदेश सभा ‘क’ मा २४ हजार ८ सय ७५ मत खसेको थियो । चैधरीका निकटतम प्रतिद्वन्दी राजपाका रामचन्द्र पंडितले ७ हजार ४० मत प्राप्त गर्नुभयो ।

नेकपा एमालेका नेता जयप्रकाश थारुले ५ हजार १ सय २० मत ल्याएर तेस्रो स्थानमा रहनुभयो ।

Share It

Post Comments
थप विशेष