विशेष दैलेख क्षेत्र नम्बर २ ‘ख’ मा एमालेका राजबहादुर शाही विजयी
Ujyaalo

दैलेख, मंसिर २३ – दैलेखको क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ मा वाम गठबन्धन विजयी भएको छ । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एमालेका राजबहादुर शाही ११ हजार ४ सय ४५ मतसहित विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ८ हजार ४ सय ६९ मत प्राप्त गर्नुभयो । प्रदेशसभा ‘क’ मा पनि एमालेकै सुशीलकुमार थापा विजयी हुनुभएको थियो ।

यस्तै क्षेत्र नम्बर १ को ‘क’ मा माओवादी र ‘ख’ मा एमालेका उम्मेदवारले जितेका छन् । यस्तै क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका रवीन्द्रराज शर्मा विजयी हुनुभएको छ । अब दैलेखमा प्रतिनिधिसभा तर्फ क्षेत्र नम्बर २ को नतिजा आउन बाँकी छ ।

Share It

Post Comments
थप विशेष