विशेष रौतहट एकमा राजपाका अनिलकुमार झा विजयी
Ujyaalo

रौतहट, मंसिर २३ – प्रतिनिधिसभा अन्तर्गत रौतहटको क्षेत्र नम्बर एकमा अनिलकुमार झा विजयी हुनुभएको छ ।

झा २१ हजार ८५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णप्रसाद यादव १५ हजार ४ सय ८४ मत ल्याउनुभयो ।

माओवादीका सत्यनारायण भगत बीन ११ हजार ९ सय ६७ मत सहित तेस्रो हुनुभयो । २०७० सालको चुनावमा संघीय सद्भावना पार्टीबाट उठेका झा रौतहट क्षेत्र नं। १ बाट पराजित हुनुभएको थियो । राजपा अध्यक्ष मण्डलका सदस्य झा हाल दुर्गा भगवती गाउँपालिका मत्सरीमा बस्नुहुन्छ ।

 

 

Share It

Post Comments
थप विशेष