विशेष चितवन ३ मा प्रचण्डले मतान्तर बढाउँदै, पाण्डेले भेट्टाउलान् त ?
Ujyaalo

चितवन, मंसिर २३ –सर्वाधिक चर्चामा रहेको चितवन क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो अग्रतालाई बढाउँदै जानुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसार प्रचण्डले ९६२२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका महामन्त्रीसमेत रहेका विक्रम पाण्डेले ५६८२ मत प्राप्त गर्नुभएको छ ।

चितवन ३ मा एकातिर वाम गठबन्धन छ भने अर्कातिर राप्रपा प्रजातान्त्रिकलाई कांग्रेसले समर्थन गरेको छ । प्रचण्डले सिरहा छोडेर चितवन ३ बाट उठ्ने निर्णय गरेपछि सर्वाधिक चर्चामा रहेको यस क्षेत्रमा सबैको अत्यधिक चासो रहेको छ ।

Share It

Post Comments
थप विशेष