विशेष भोजपुरमा पनि वाम गठबन्धनको ‘क्लीनस्वीप’, सुदन किराँती विजयी
Ujyaalo

भोजपुर, मंसिर २३ – प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावमा भोजपुरमा वाम गठबन्धनले ‘क्लीनस्वीप’ गरेको छ । वाम गठबन्धनका तीनै जना उम्मेदवार फाराकिलो अन्तरले विजयी भएका हुन् ।

प्रतिनिधिसभामा वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका सुदन किराँती विजयी हुनु भएको छ । उहाँले ३४ हजार ३ सय ९४ मत पाउनु भएको छ । नेपाली कांग्रेसका उमेशजंग रायमाझीले २१ हजार ६ सय ९६ मत पाउनुभयो । किराँती १२ हजार ६ सय ९८ को मतान्तरले विजयी हुनुभयो ।

प्रदेश सभा क मा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई १९ हजार २ सय ९७ मत सहित विजयी हुनुभयो । पहिलो पटक चुनाव लडेका राईले यो जितसँगै संसदीय यात्रा सुरु गर्नुभयो । लोकतान्त्रिक गठबन्धनका संघीय समाजवादी फोरमका अजम्बर राई काङ्गमाङ्ग राईले ११ हजार ५ सय ४१ मत पाउनुभयो ।

प्रदेशसभा ख मा वाम गठबन्धनबाट पूर्वसञ्चार मन्त्री एवंम नेकपा एमालेका पोलिटव्यूरो सदस्य शेरधन राईले २० हजार ३ सय ३४ मत ल्याएर विजयी हुनुभयो ।

कांग्रेसका गोविन्दकुमार कार्कीले ७ हजार १ सय ५ मत प्राप्त गर्नु भएको छ । १३ हजार २ सय २९ मतान्तरले राई विजयी हुनुभयो । शेरधन यसअघि २ पटक भोजपुरबाट विजयी हुनुभएको थियो । उहाँलाई प्रदेश नम्बर १ को मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएको छ ।

 

Share It

Post Comments
थप विशेष