विशेष गोरखामा बाबुरामले जिते तर कांग्रेसका चिनकाजीलाई जिताउन सकेनन्
Ujyaalo

गोरखा, मंसिर २३ – गोरखा १ मा नयाँ शक्तिसँगको गठबन्धनमा उठेका कांग्रेस नेता चिनकाजी श्रेष्ठ पराजित हुनुभएको छ । उहाँ माओवादीका हरिराज अधिकारीसँग पराजित हुनुभएको हो ।

माओवादीका हरिराज अधिकारीले २९८६० मत प्राप्त गर्नुभयो । चिनकाजी श्रेष्ठले २६६४३ मत प्राप्त गर्नुभयो । गोरखा १ मा जम्मा ६३६१९ मत खसेको थियो । यस क्षेत्रमा ४३३५ मत बदर भएको थियो । न

याँ शक्तिसँग तालमेल गरेको कांग्रेसले प्रतिनिधिसभातर्फ गोरखाका दुबै सिट गुमाएको छ । नयाँ शक्तिका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई आफूले जिते पनि तालमेल गरेको पार्टी कांग्रेसलाई जिताउन सकेनन् ।

Share It

Post Comments
थप विशेष