विशेष गोकर्ण विष्टले किन छोडेका थिए सरकारी जागिर ?
Ujyaalo

गुल्मी, मंसिर २३ –गुल्मी २ मा एमालेका सचिवसमेत रहेका गोकर्णराज विष्ट विजयी हुनुभएको छ । उहाँले ३४ हजार ६ सय १८ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका चन्द्रबहादुर केसीले २० हजार १ सय ५७ मत प्राप्त गर्नुभएको छ ।

गुल्मीमा गोकर्ण विष्ट लोकप्रिय हुनु नै उहाँको सहज जित हुनुको कारण हो । उर्जामन्त्री हुँदा लोकप्रिय भएर सबैको मन जितेका विष्ट एमालेका प्रभावशाली नेतामा पर्नुहुन्छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य गोकर्णराज विष्टको जन्म विक्रम संवत २०२२ साल असार १७ गते गुल्मी जिल्लाको दोहली गाविस ३ मा भएको हो । भीमबहादुर विष्ट र चिन्तकला बिष्टका छोरा गोकर्णराज बिष्टले २०३५ सालदेखि राजनीति सुरु गर्नुभएको हो ।

२०४० सालमा लोकसेवा आयोगमा नाम निकालेका विष्ट तत्कालीन अञ्चलाधीश काजीमान कन्दङ्वासँग जागिरको पहिलो दिन नै विवाद परेपछि सरकारी जागिर छोडेर राजनीतिमा सक्रिय भएर लाग्नुभएको थियो ।

२०४३ सालमा पार्टी सदस्यता लिएका बिष्ट अनेरास्ववियूको काठमाडौं र वागमती अञ्चल अध्यक्ष, केन्द्रीय समितिमा संगठन विभाग, शैक्षिक विभाग, रचनात्मक विभाग, प्रचारप्रसार विभाग प्रमुख भएर काम गर्नुभयो ।

हाँ २०५० सालमा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (हालको युवा संघ नेपाल) को केन्द्रीय कमिटीमा रहेर काम गर्नुभयो । ०५३ मा प्ररायूसंघको महासचिव बनेका बिष्ट २०५७ देखि दुई कार्यकाल त्यसको अध्यक्ष हुनुभयो । हाल नेकपा एमालेको केन्द्रीय सदस्य रहेका विष्ट पार्टीको बुद्धिजीवि परिषदको ईन्चार्ज हुनुहुन्छ ।

हाँ उर्जामन्त्री हुँदा गरेका कामले मात्रै होइन, उर्जामन्त्री पदबाट बाहिरिँदा सिंहदरबारबाटै पैदल नै डेरासम्म जानुभएको थियो ।

Share It

Post Comments
थप विशेष