विशेष इलाममा झलनाथ र नेम्वाङको मत २५ हजार नाघ्यो
Ujyaalo

इलाम, मंसिर २३– इलाममा एमालेका दुई शिर्ष नेताको मत २५ हजार नाघेको छ । प्रतिनिधिसभाका दुबै क्षेत्रमा सुरु देखिनै एमालेका उम्मेदवारको अग्रता कायम छ ।

क्षेत्र नम्बर १ मा पूर्व प्रधानमन्त्री समेत रहेका झलनाथ खनालको मत २५ हजार ४ सय ६६ पुगेको छ । उहाँका प्रतिस्पर्धि नेपाली कांग्रेसका भुपेन्द्र कट्टेलको १३ हजार २ सय १९ मत छ ।

यस्तै क्षेत्र नम्बर २ मा पूर्व सभामुख शुवासचन्द्र नेम्वाङको २५ हजार ३ सय ७४ मत पुग्दा उहाँका प्रतिस्पर्धि कांग्रेसका केशव थापाको १८ हजार ४ सय २३ मत छ । प्रदेशसभाका चारवटै क्षेत्रमा वामगठबन्धनका उम्मेदवार अगाडि छन् ।

Share It

Post Comments
थप विशेष