विशेष पाल्पा लाल किल्ला बन्ने निश्चित
Ujyaalo

देब पचभैया/उज्यालो ।

पाल्पा, मंसिर २३ – दुई निर्वाचन क्षेत्र रहेको पाल्पा बाम किल्ला बन्ने निश्चित भएको छ । पछिल्लो मतपरिणाम अनुसार प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार भन्दा बाम उम्मेद्वारको मत फराकिलो बन्दै गएपछि दुई प्रतिनिधि सभा र चार वटै प्रदेश सभा सदस्यमा एमाले माओवादी केन्द्रको  उम्मेद्वाहरु जितको नजिक पुगेका हुन् ।

क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एमाले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दलबहादुर रानाले १७ हजार ८ सय ५२ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विजय घिमिरेले ८ हजार ६ सय ४७ मत प्राप्त गरे पनि घिमिरे भन्दा राना ९ हजार २ सय ५ मतले बढी हुनुहुन्छ ।

क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य (क ) मा वाम गठबन्धनका उम्मेदवार एमाले नेता युवराज खनालले ९ हजार ६ सय २ र काग्रेस उम्मेदवार देवराज ढकालले ४ हजार ६ सय ७ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नम्बर १ कै प्रदेश सभा सदस्य ( ख) मा वाम उम्मेदवार एमाले नेता नारायण आचार्यले ९ हजार ३४ र नेपाली काग्रेसका दानबहादुर पक्षाईले ५ हजार ३ सय १९ मत पाउनुभएको छ ।

पाल्पा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा एमाले केन्द्रीय सदस्य एवं पूर्व उधोग मन्त्री सोमप्रसाद पाण्डेले २६ हजार ५ सय ८९ र काग्रेस उम्मदवार पार्टीका केन्द्रीय सदस्य एवं पूर्व सांसद हरिप्रसाद नेपालले १६ हजार ३ सय ३१ मत पाउनु भएको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालको सम्धी समेत रहनुभएका सोमप्रसाद पाण्डे प्रतिस्पर्धी नेपाल भन्दा १० हजार २ सय ५८ मतले अघि हुनुहुन्छ ।

क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्यको (क) मा वाम गठबन्धनका एमाले उम्मेदवार पुरन बज्राचार्यको १२ हजार ९ सय ६८ र काग्रेस उम्मेदवार माधव नेपालको ९ हजार ३७ मत प्राप्त भएको छ ।

क्षेत्र नम्बर २ कै प्रदेश सभा सदस्यको (ख) मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता तुलाराम घर्ती (वसन्त)को १५ हजार ७ सय ८ र कांग्रेसका उम्मेदवार रामबहादुर कार्कीले १० हजार ७ सय ८२ मत प्राप्त भएको छ । मख्य निर्वाचन अधिकृतको कार्यालय रहेको पाल्पा

दरबारमा ८ स्थानमा पाल्पाको मतगणना चलिरहेको छ । १ लाख ८१ हजार २ सय ५५ जम्मा मतदाता रहेको पाल्पामा १ लाख २३ हजार ४० मत खसेको थियो । पाल्पाको अन्तिम नतिजा आइतबार बिहान सम्म आउने मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Share It

Post Comments
थप विशेष