विशेष समानुपातिकमा कांग्रेसले ५० हजार पुर्याउन लाग्दा विवेकशीलको ५ सय पनि पुगेन
Ujyaalo

काठमाडौं, मंसिर २३ – समानुपातिकतर्फ विवेकशील साझा पार्टीले राम्रो मत ल्याउँछ भन्ने धेरैको अनुमान भएपनि प्रारम्भिक नतिजामा त्यस्तो देखिएको छैन ।

अहिलेसम्मको गणनामा समानुपातिकतर्फ नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । कांग्रेसले ५० हजार मत पुर्याउन लाग्दा विवेकशील साझाको ५ सय पनि पुगेको छैन ।

पछिल्लो मतपरिणाम अनुसार समानुपातिकमा कांग्रेसले ४६ हजार ७५ मत ल्याएको छ । एमालेको ४५ हजार ५ सय ३६ र माओवादीको २० हजार ४ मत आएको छ । नयाँशक्ति पार्टीको ८ सय ३८ मत आएको छ ।

 

Share It

Post Comments
थप विशेष