विशेष पूर्व डिआइजी कार्की माओवादी नेता घर्तीसँग ११ हजार मतले हारे
Ujyaalo

देब पचभैया/उज्यालो ।

पाल्पा, मंसिर २३ –पाल्पा क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्य (ख ) मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता वसन्त घर्ती विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेपाली काग्रेसका उम्मेदवार रामबहादुर कार्की भन्दा ४ हजार ९ सय २६ मत बढी ल्याउनु भएका घर्तीले १६हजार ४ सय २२ मत प्राप्त गर्नुभएको हो ।

कांग्रेस उम्मेदवार कार्कीले ११ हजार ४ सय ९६ मत प्राप्त गर्नुभएको हो । राष्ट्रिय अनुसन्धानको निर्देशक (डिआइजी) बाट अवकास प्राप्त कांग्रेस उम्मेदवार कार्कीलाई माओवादी पोलिटब्यूरो सदस्य समेत रहनुभएका घर्तीले हराउनुभएको हो ।

को हुन् बसन्त घर्ती ?

रोल्पा जिल्ला (हाल लिवाङ) निवासी तुलाराम घर्ती (बसन्त) को परिवार २०४२ सालमै कपिलवस्तुको शिवगढी बसाई सरेको थियो । अन्याय र अत्याचारविरुद्ध जाई लाग्ने भन्दै जनयुद्धकालमा ९ वर्ष भूमिगत जीवन बिताउनुभएका तुलाराम (वसन्त) को परिवार २०६८ सालदेखि तिनाउँ गाउँपालिका –३, पाल्पामा बस्दै आएको छ । सामाजिक आन्दोलनमा समेत सक्रिय घर्ती नेपाल मगर संघको पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्षसमेत रहनुभएको थियो ।

 

Share It

Post Comments
थप विशेष